• जेष्ठ ५ २०८३, मंगलवार

बलात्कार आरोप लागेका प्रहरी निरीक्षक ढुंगाना पुर्पक्षका लागि जेल चलान

कार्तिक १६ २०७९, बुधबार

काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर)अपूर्व ढुंगाना पुर्पक्षका लागि जेल चलान भएका छन्। धादिङ जिल्ला अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो। इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख समेत रहेका ढुंगानाले आफ्नै ब्यारेकमा महिला प्रहरी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो।

महिला प्रहरीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै जाहेरी दिएपछि उनलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान अघि बढाएको थियो। गत असोज ५ गते पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी उद्योगको कसुरमा मुद्दा चलाइएको थियो।