• बैशाख २७ २०८३, आईतवार

एमाले घोषणापत्रः २ वर्षमा विद्युत् पहुँच शतप्रतिशत

कार्तिक १५ २०७९, मंगलवार

काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक घोषणापत्रमा २ वर्षमा विद्युत्‌मा पहुँच हुने जनसंख्या सतप्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ।

‘पाँच वर्षमा विद्युत् उत्पादन क्षमता ६५०० मेगावाट पुर्‍याइनेछ र प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट प्रतिघण्टा पुर्‍याइनेछ’, घोषणापत्रमा भनिएको छ।