काठमाडौं । नेकपा (एमाले)ले अगामी पाँच वर्षमा २५ लाख रोजगारीको प्रतिबद्धता गरेको छ।
एमालेले संघ र प्रदेशको चुनावका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।
जसमा वार्षिक पाँच लाखका दरले पाँच वर्षमा २५ लाख रोजगारी दिने उल्लेख छ।