• जेष्ठ ५ २०८३, मंगलवार

ललितपुर कुमारीपाटीमा एनएमबी बैंको एटीएम बुथ तोडफोड गर्ने ३ जना पक्राउ

कार्तिक १५ २०७९, मंगलवार

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएम बुथ तोडफोड गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–३ का ३१ वर्षीय वसन्त तिवारी, सोही ठाउँ घर भएका २४ वर्षीय विजय तिवारी र सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भएका ३५ वर्षीय अनिल राई छन्।

कात्तिक ४ गते राति साढे १२ बजेतिर एटीएम बुथ तोडफोड गरी फरार भएका भनिएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरको विशेष टोलीले पक्राउ गरेको हो।