• जेष्ठ ५ २०८३, मंगलवार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुने

कार्तिक १५ २०७९, मंगलवार

काठमाडौं । थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेविरूद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गराएको थियो । प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ शीर्षकमा अनुसन्धान गरेको थियो ।