• जेष्ठ ५ २०८३, मंगलवार

बझाङमा बालिकालाई चक्लेट दिन्छु भन्दै बलात्कार गर्ने ७० वर्षीय वृद्ध पक्राउ 

कार्तिक १४ २०७९, सोमबार

धनगढी ।  बझाङमा ६ वर्षीया बालिकालाई फकाएर बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितहरूले गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छु भन्दै ललाई फकाई ३ पटक लगातार बलात्कार गरेको बताएका हुन् । बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको हो । खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । कार्यालयका अनुसार बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र योनीमा चोट लागेको देखिएको छ ।