• जेष्ठ ५ २०८३, मंगलवार

काठमाडौं नेपालटारमा बस र जीप ठोक्किदाँ एक जनाको मृत्यु

कार्तिक १४ २०७९, सोमबार

काठमाडौं । काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका जिप चालक मकवानपुर घर भइ काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा आज दिउसो सवा १२ बजे मृत्यु भएको बालाजु बृत प्रहरीले जनाएको छ ।

काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप आज बिहान १० बजे अचानक पल्टिएर बिपरित दिशाबाट आँउदै गरेको बा ५ ख २३५ नम्बरको बसमा ठोक्किएको थियो ।