• जेष्ठ ५ २०८३, मंगलवार

चुराको गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु

कार्तिक १३ २०७९, आईतवार

काठमाडौं । नेपालगञ्जमा चुराको गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५, रामबागमा मो. आरिफ अन्सारीले राखेको चुराको गोदाममा आगलागी हुँदा उनका साला नाता पर्ने समीर वलीको जलेर मृत्यु भएको हो।

चुरा गोदाममा एक्कासी आगलागी हुदाँ समीरको जलेर मृत्यु भएको हो । बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार समीरको निसास्सिएर मृत्यु भएको हो।