• जेष्ठ ५ २०८३, मंगलवार

छठको तयारी पूरा

कार्तिक १२ २०७९, शनिबार

काठमाडौं । बिराटनगरमा छठको तयारी पूरा भएको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट ‘छठ’पर्व विधिवत्रूपमा आरम्भ हुन्छ ।

‘छठ’पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न बर्तालुले लागिपरेका छन् ।

विराटनगरको सिङ्घिया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् ।