• बैशाख २७ २०८३, आईतवार

सत्ता गठबन्धनले रौतहट-३ मा पूर्वमन्त्री तथा एमाले नेता प्रभु साहलाई साझा उम्मेदवार बनाउने

कार्तिक ११ २०७९, शुक्रबार

काठमाडौं  ।  सत्ता गठबन्धनले रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री प्रभु साहलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले आइतबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सघाउने औपचारिक जानकारी दिएको हो ।

साह नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेका थिए । अहिले माओवादीकै उम्मेदवारलाई ब्याक गराइएर उनलाई समर्थन गरिएको हो । सोही निर्वाचन क्षेत्रको प्रदेश ‘क’ मा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादव साझा उम्मेदवार रहेका छन् भने ‘ख’ मा कांग्रेसका सुनिलकुमार यादव उम्मेदवार रहेका छन् ।

यस्तै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र २ मा उम्मेदवारबिहीन भएपछि गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।