• श्रावण १० २०८३, आईतवार

बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक राजाभन्दा धनी, कति छ सम्पत्ति ?

कार्तिक १० २०७९, बिहीबार

काठमाडौं । एसियाली मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेपछि उनको आर्थिक अवस्थाबारे सोधीखोजी सुरु भएको छ। उनी बेलायतका राजाभन्दा धनी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सन्डे टाइम्समा प्रकाशित धनी व्यक्तिहरूको सूचीअनुसार पूर्व ब्यांकर सुनक र भारतीय प्रविधि कम्पनीको उत्तराधिकारी उनकी श्रीमती अक्षता मूर्ति झन्डै ८३ करोड अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन्।

उता बेलायतका नयाँ राजा चार्ल्स तृतीयको सम्पत्ति उनको भन्दा कम देखिएको छ। अर्थात् दिवंगत हुनुअघि महारानी एलिजाबेथ द्वितीयाको सम्पत्ति लगभग ४२ करोड अमेरिकी डलरमा रहेको सन्डे टाइम्सको सूचीमा उल्लेख छ।

आफ्नी आमाको सम्पत्तिको उत्तराधिकारी नयाँ राजा हुनेछन्।