काठमाडौं । महाअभियोग सिफारिस समितिले बोलाएका छलफलमा चार पूर्वप्रधानन्यायाधीशहरु नजाने भएका छन्।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा चार जना पूर्व प्रधानन्यायाधीशको पनि नाम लिएका थिए।
पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, अनुपराज शर्मा, सुशीला कार्की र मीनबहादुर रायमाझी बिहीबार दिउँसो १ बजे समितिले छलफलका लागि बोलाएको थियो। तर चार जना पूर्वप्रधानन्यायाधीशहरु उक्त छलफलमा सहभागी नहुने भएका छन्।