• बैशाख २६ २०८३, शनिबार

एमालेका सांसदहरुलाई परमादेशी सरकार नभन्न कानूनमन्त्रीको चेतावनी

भाद्र २१ २०७९, मंगलवार

काठमाडौं । कानूनमन्त्री गोविन्द बन्दीले नेकपा एमालेका सांसदहरुलाई परमादेशी सरकार नभन्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका बन्दीले परमादेशी सरकार भनेकोमा आपत्ति जनाउदै एमालेका सांसदहरुलाई सो चेतावनी दिएका हुन् ।

संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकार प्रयोग गरेरै संवैधानिक इजलासले फैसला गरेको भन्दै उक्त फैसलाको आलोचना र फैसलाबाट बनेको सरकारलाई परमादेशी भनिएकोमा मन्त्री बन्दीले आपत्ति जनाएका थिए ।