• जेष्ठ ३ २०८३, आईतवार

पल शाहलाई साढे दुई वर्ष जेल सजाय

भाद्र २१ २०७९, मंगलवार

काठमाडौं । नायक पल शाहलाई नवलपुर जिल्ला अदालतले अढाई वर्ष जेल सजायको फैसला गरेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

एक नाबालिग गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।