काठमाडौं । काठमाडौँ महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन अल्टिमेटम दिएको छ।
सम्पत्ति कर नबुझाएको भन्दै महानगरको राजस्व विभागले आज मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दश दिने अल्टिमेटम दिएको हो।
महानगरले पटक-पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए।
महानगरले खाद्य संस्थान, थापाथली, हाइट फिल स्कुल-नयाँ बजार, रञ्जना ट्रेड सेन्टर-न्युरोड, साझा भण्डा-भोटाहिटी, राष्ट्रिय नाचघर-जमल, चेम्बर अफ कमर्स-जमल, कर्मचारी सञ्चय कोष-ठमेल, नेपाल विद्युत् प्राधिकरण-रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड-सिंहदरबारलाई पत्र लेखेको हो।
यस्तै, महानगरले नेपाली जामे मस्जिद-बागबजार, कृषि सामग्री संस्थान-टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल-स्वयम्भू, आरबि कम्प्लेक्स-न्युरोड, काठमाडौं प्लाजा-पुतलीसडक, नेपाल सेयर मार्केट-पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेनटल कलेज-सामाखुसीलाई पनि पत्र लेखेको छ।
