काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले ८० को वरपर सिट पाउने बताएका छन्।
मंगलवार सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा कैलालीको गेटा विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले सो कुरा बताएका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा प्रचण्डले भने, ‘कांग्रेसले शुरुमा १०० सिट भनेको थियो। पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ। हामीले ६० मागेको थियौ। हामी यसको वरपर नै रहन्छौ। एकीकृत समाजवादीले २५ र जसपाले २५ को दाबी गरेको छ। यही वरपर रहेर सिट बाँडफाँट हुन्छ होला।’
यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए।