• जेष्ठ ३ २०८३, आईतवार

आज भदौ २१ गते मंगलबार : हेर्नुहोस् यस्तो छ तपाईंको राशिफल

भाद्र २१ २०७९, मंगलवार

मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ कार्यमा सरिक भइनेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यमा सरिक पनि भइनेछ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ । धार्मिक यात्रा तय हुनेछ । वाहन लाभ हुने समय पनि छ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । व्यापार व्यवसायमा प्रगति होला ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट रहनु । सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजबाट नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन बढी फलदायी नै रहने र लाभदायक यात्रा रहनेछ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्मकर्ममा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । -हाम्रो पात्रोबाट