काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाको आरोप लागेका कांग्रेसका निलम्बित सांसद विजय गच्छदार नेपाली कांग्रेस क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई फेरि उम्देवारका रुपमा एकल नाम सिफारिस गरेको हो । अदालतले अन्तिम फैसला गरि नसकेको अवस्थामा गच्छदार उमेदवार बन्ने नबन्ने अन्यौल छ । तर, पनि कांग्रेस सुनसरीले गच्छदारको एकल नाम सिफारिस गरेको छ ।