काठमाडौैं । सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जन काेइरालालाई सजाय छुट गराउन गरेकाे फैसलामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले क्षमायाचना गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समिति बैठकमा बयानका लागि उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश जबराले सो फैसला गरेकोमा सांसदहरुसँग हात जोडले क्षमायाचना गरे । आफ्नै श्रीमती गीता ढकालको हत्या अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको पूर्वडिआइजी काेइरालाको फैसला गर्दा आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।
प्रधानन्यायाधीश जबराले २० वर्ष जेल सजाए सुनाइएका पूर्वडिआइजी काेइरालामाथिकाे सजाज छुट गरी ८ वर्ष ६ महिना कायम गरेका थिए। यद्यपि, उक्त मुद्दामा तत्कालिन पुनरावेदनकाे आदेशलाई नै कायम गरेर सर्वाेच्चले सजाय थप गरी २० वर्ष नै कायम गरिएकाे छ।
यस्तो छ प्रधानन्यायाधीश जबराको बयान– ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन्। उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ। तत्कालीन मुलुकी ऎनले त्यो अधिकार दिएको छ। यो पारिवारिक मुद्दा हो। नाबालकले छोराहरू इजलासमा उपस्थित भए। ८ वर्ष ६ महिना कैदमै बसेका थिए। न्यायाधीशले मिसिल हेरेर, विवेक प्रयोग गरेको हो। नाबालकहरुको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका दिइएको हो। त्यसमा गल्ती भएको छ। विवेक प्रयोग गर्दा, यदि त्यसैको आधारमा महाअभियोग लगाएको हो भने, जनता समक्ष क्षमा चाहन्छु। मलाई प्रायश्चित भएको छ।’