• जेष्ठ ३ २०८३, आईतवार

बारामा मध्यराति प्रहरी र डाँका समूहबीच गोली हानाहान

भाद्र १९ २०७९, आईतवार

काठमाडौैं । बारामा मध्यराति प्रहरी र डाँका समूहबीच गोली हानाहान भएको छ । गोली हानहानमा प्रहरीका एक जना घाइते भएका छन् ।

बाराको जीतपुर–सिमरा–२३ स्थित भलुवहीमा रहेको एरोटेक ग्यास उद्योगमा लुट्न आएको डाँका समूहसँग झडप भएको बाराका एसपी होबिन्द्र बोगटीले गोलखबरलाई बताए । १२/१३ जनाको समूहमा आएका डाँकाहरुसँग झडप भएको हो । प्रहरीको टोलीलाई डाँका समूहले गोली प्रहार गरेपछि जवाफी फायरमा तीन राउण्ड गोली चलाएको एसपी बोगटीले जानकारी दिए ।