काठमाडौैं । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज आपत्कालीन अवतरण गरिएको छ । १८ जना यात्रु बोकेर सो जहाज पोखराबाट मुस्ताङका लागि उडेको थियो ।
आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको जनाएको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहेको विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए । जहाजमा इण्डिकेशनमा समस्या आएपछि सोही विमानस्थलमा अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।