• बैशाख २६ २०८३, शनिबार

गठबन्धन निर्वाचनमा जान डराइरहेको छ,चुनाव हुन्छ भन्ने ढुक्क छैन : सुवास नेम्वाङ

भाद्र १८ २०७९, शनिबार

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन् ।

सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको प्रमुख प्रतिपक्ष दलका उपाध्यक्ष नेम्वाङको भनाई थियो ।

एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेम्वाङले सत्तारुढ दलहरुकै कारण मंसीर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको पनि पटकपटक दोहोर्याए ।

उनले भने, ‘सरकार चुनावदेखि डराइरहेको छ । चुनाव घोषणा गरेपछि सरकार साह्रै ठूलो त्रासमा छ । चुनाव हुन्छ भन्ने ढुक्क छैन ।