काठमाडाैं । आगामी निर्वाचनका लागि डा. गोविन्द केसीले समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई शुभकामना दिएका छन् ।
शनिबार गोरखामा भएको भेटका क्रममा डा. केसीले भट्टराईलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निम्ति शुभकामना दिएका हुन् ।
केसीसँगको भेटका क्रममा खिचेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले तस्वीर शेयर गर्दै डा. केसीसँग स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति विसंगतिवारे विचार आदानप्रदान भएको उल्लेख गरेका छन् ।