काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु राष्ट्रपतिको अपमान हुने बताएका छन् ।
बैठकमा गौतमले नागरिकता विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै राष्ट्रपतिले बुँदागत रूपमा उठाएका विषयलाई सम्बोधन गरेर मात्र विधेयक अघि बढाउनुपर्ने तर्क गरे ।
विधायन समितिले पनि राष्ट्रपतिबाट उठाइएका विषयलाई सम्बोधन नगरेकोमा गौतमले गुनासो गरेका थिए ।