• बैशाख २६ २०८३, शनिबार

बालेनको सिको गर्दै टोखा नगरपालिकाले पनि व्यक्तिले हडपेका सरकारी जग्गा खाली गर्न दियो अल्टिमेटम

भाद्र १७ २०७९, शुक्रबार

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले सरकारी जग्गा हडपेर व्यक्तिगत रुपमा प्रयोग गर्नेहरुलाई ३५ दिने सूचना जारी गरेको छ ।

नगर कार्यपालिकाको बैठकको यहि भदौ ९ गतेको निर्णय अनुसार ३५ दिन भित्र ती जग्गाहरु खाली गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको हो ।

३५ दिनभित्र अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडा कार्यालयहरुलाई सूचना टाँस्न पनि नगरले निर्देशन दिइसकेको छ ।

सार्वजनिक जग्गा हडपी घरटहरा तथा कम्पाउण्डमा बार लगाई राखेका जग्गाहरुलाई ३५ दिनभित्र खाली नगरे नगरपालिकाको कानुन अनुसार छुट्याइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकले जनाए ।

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान चलाइरहेका बेला यता छिमेकी टोखा नगरपालिकाले पनि यस्तो अभियान चलाएको हो ।