काठमाडौं। काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित रहेका डिजिटल होर्डिङ बोर्ड पनि हटाउने भएको छ।
कोटेश्वरस्थित तीन-चार ठाउँमा रहेका ठूला होर्डिङ बोर्ड निकाल्न लागेको काठमाडौं नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टले जानकारी दिए।
‘अहिले हामी कोटेश्वरमा रहेका होर्डिङ बोर्ड हटाउन गइरहेका छौं,’ उनले भने, प्रहरी बिटनजिक लगायतका डिजिटल होर्डिङ बोर्डहरू निकाल्न लागेका हौं।
महानगरले दिउँसो त्रिपुरेश्वरस्थित रहेको डिजिटल होर्डिङ बोर्ड पनि बन्द गरिसकेको छ।महानगरले आजदेखि डिजिटल होर्डिङ बोर्ड निकाल्ने अभियानलाई निरन्तरता दिएको छ।