• जेष्ठ ३ २०८३, आईतवार

एकैदिन २६९ जनामा कोरोना पुष्टि, एकको मृत्यु

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं ।देशभर थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

३ हजार ५५७ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १७३२ जनाको पिसिआर परीक्षण गर्दा १८० र १ हजार ८ सय २५ जनाको परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो।

२१५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ५८ जना सक्रिय संक्रमित छन्।