• बैशाख २६ २०८३, शनिबार

डडेलधुराबाट सर्वसम्मत सिफारिस भएप्रधानमन्त्री देउवा

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् ।

यस्तै डडेल्धुरा ‘क’ बाट कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँद र ‘ख’ बाट सुदूरपश्चिम सरकारका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा सिफारिस भएका छन् ।