काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले महाअभियोग समितिले सोधेको प्रश्नको जवाफले नेकपा एमाले दंग देखिएको छ ।
नेकपा एमालेले सत्ता गठबन्धनलाई लगाउँदै आएको आरोप पुष्टि गर्ने गरी राणाले बुधबार र बिहिबार दिएको जवाफले एमालेका संसदीय दलका उपनेता सुवासकुमार नेम्वाङ आफू दंग परेको बताएका छन् । निलम्बित प्रधानन्यायाधीश राणाले अदालत, न्यायाधीशहरु, बारका तत्कालीन पदाधिकारीहरु, सांसदहरुको पोल खोलिदिएका थिए ।
समितिमा सोधपुछका क्रममा प्रधान न्यायाधीश राणाले महाअभियोग राजनीतिक उद्देश्यले ल्याएको बताएका थिए। उपनेता नेम्वाङले पनि आफूले पटकपटक प्रधान न्यायाधीश राणामाथिको महाअभियोग पारित गर्ने उद्देश्यले भन्दा राजनीतिक उद्देश्यले ल्याएको बताएको स्मरण पनि गरे।
उपनेता नेम्वाङले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालमाथिको मुद्दा अगाडि बढाउनुपर्छ भन्ने आवाज बाहिर आउँदा प्रधान न्यायाधीश राणामाथि महाअभियोग अगाडि बढाइएको दाबी गरे। चोलेन्द्रशमशेर राणाले सिफारिस समितिमा गठबन्धन सरकारले आफूमाथि प्रतिशोध साधेको जवाफ दिएका थिए। असार २८ गतेको परमादेश जारी गर्दा अदालतका न्यायाधीशहरुलाई काँग्रेस र माओवादीका शिर्ष नेताहरुले आश्वासन दिएको पनि जिकिर गरे । आश्वासनसँगै तक्मा दिएको पनि राणाले स्मरण गराएका थिए । महाअभियोग कसरी ल्याइएको छ प्रष्ट छ त भन्दै उनले समितिमा उल्टै प्रश्न गरेका थिए ।