काठमाडौं । मिटरब्याजीहरुबाट पीडित भएकाहरुलाई न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । मिटर व्याजबाट पीडित किसान तथा मजदुरहरु समेतको सहभागितामा प्रदर्शन भएको हो ।
प्रदर्शनमा किसानहरु हलो जुवासहित सहभागी छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्न बताएका छन् ।
मिटर व्याजीका कारण घरबार बिहीन हुँदा पनि सरकारले आफूहरुलाई न्याय निदएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।