• जेष्ठ ३ २०८३, आईतवार

कैलालीमा डेंगुबाट एक युवतीको मृत्यु

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं । डेंगु संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भइसकेको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ ।

डेंगु संक्रमितको गम्भिर बिरामीमा देखिन्छ यि लक्षण 

डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, दिसा कालो हुने, उल्टी हुँदा रगत देखिने, बिरामी मुर्छा हुनेलगायत लक्षण देखिएमा जटिल हो भनेर चिन्न सकिन्छ ।