• जेष्ठ ३ २०८३, आईतवार

बालेनले त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको होर्डिङ बोर्ड पनि हटाए

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।

ट्रेड सेन्टरले अनुमतिबिना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड पनि हटाउन थालेको हो ।