• बैशाख २६ २०८३, शनिबार

सत्ता गठबन्धनलाई सिट बाँडफाँट टुङ्गो लगाउन महाभारत

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको टुङ्गो लगाउन महाभारत भएको छ । दैनिकजसो बस्ने सत्ता गठबन्धनले सिट बाँडफाँटको मोडालिटी छलफलमा मात्रै केन्द्रित भएको छ ।

यसअघि बिहीबार नै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। शीर्ष नेताहरुको बैठकमा विवादित विषयमा छलफल भएपनि कुनै सहमति बन्न सकेन । प्रतिनिधि सभा र प्रदेश सभाका सिटहरुमा गठबन्धनका दलहरुको आ–आफ्नै दाबी छन्। नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १०० सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।

काँग्रेस कुनै पनि हालतमा १ सय सिट छाड्न तयार नहुने र माओवादी र एकीकृत समाजवादी ६० र ४० सिटबाट तल झर्ने अबस्था नदेखिएपछि गठबन्धनबीच नै असमझदारी र विश्वासको संकट देखापर्ने थालेका छन् ।