• जेष्ठ ३ २०८३, आईतवार

देशभर पहिरोका कारण आज कुन-कुन सडक अबरुद्ध छन् ?

भाद्र १६ २०७९, बिहीबार

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण आज पाँचवटा सडक अवरुद्ध भएका छन् ।

बेनी-जोमसोम सडक
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्णरूपामा अवरुद्ध भएको छ ।

मुग्लिन–नारायणगढ सडक
चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मुग्लिन–नारायणगढ सडकमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पोखरा- बाग्लुङ सडक
पर्वतको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा बाग्लुङ सडक खण्डमा आज बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बेसीशहर- मानाङ
लमजुङको मर्स्याङदी गाउँपालिका–८ सिमलचौरस्थित बेसीशहर मानाङ जाने बैकल्पिक बाटोमा आज बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

चतरा बराहक्षेत्र भित्री सडक
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर र भलायो डाँडास्थित चतरा बराहक्षेत्र भित्री सडकमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय चतरा र प्रहरी चौकी बराहक्षेत्रबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरेको छ ।