काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट विद्यार्थी संगठन अनेरास्वियू(क्रान्तिकारी)ले सिटिईभिटीको लाई शैक्षिक मागपत्र बुझाएको छ ।
अनेरास्वियू(क्रान्तिकारी) केन्द्रिय सचिव एवम् विस्वविध्यालय कामाण्ड ईन्चार्ज ई. नवराज भट्टको नेतृत्वमा सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेलाई शैक्षिक माग पत्र बुझाएको केन्द्रिय कार्यालय सचिव राजन साउदले जानकारी गराएका छन् ।
सिटिईभिटी उपत्यका जिल्ला समितिका संयोजक भुपाल द्वारा हस्ताक्षर मागपत्रमा समग्र सिटिईभिटीको को शैक्षिक रुपान्तरण गर्ने बुदाहरु समावेश गरिएको छ।
माग पत्र बुझ्दै सदस्य सचिव काफ्लेले ज्ञापन पत्रमा उल्लेखित कुनै बुदाहरु कार्यन्वयनको चरणमा अघी बढाईसकेको र थुप्रै अन्य मागहरुलाई तत्काल वार्ता समिती सङ्ग छलफल बहस सहित सहमति गर्दै कार्यन्वयन फेजमा लाने प्रतिबद्धता गरेका छन् ।
माग पत्र बुझाउने कार्यक्रममा अनेरास्वियू (क्रान्तिकारी) केन्द्रीय सचिव ई. नवराज भट्ट , केन्द्रीय कार्यालय सदस्य गणेश रोकाय , सचिवालय सदस्य डिबि शाही र केन्द्रिय सदस्य तथा केन्द्रिय कार्यालय कार्यालय सचिव राजन साउद र सिटिईभिटी उपत्यका जिल्ला समितीका संयोजन भुपाल बिक सहभागी रहेका थिए।