• बैशाख २६ २०८३, शनिबार

मर्यादा पालन गर्नमात्रै बयानमा उपस्थित भएको हुँ :चोलेन्द्र शमसेर जबरा

भाद्र १५ २०७९, बुधबार

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग तीन घण्टादेखि बयान लिने क्रम जारी छ । महाभियोग सिफारिस समितिले राणालाई सिंहदरबारमा बोलाएर १२ बजेदेखि बयान लिन थालेको हो ।

तीन घण्टाको अवधिमा राणाले ३ वटा प्रश्नको जवाफ दिएको समितिका एक सदस्यले जानकारी दिए । ‘दिउँसो ३ बजेसम्म ३ वटा प्रश्नमा घुमिरहेको छ’, एक सदस्यले भने, ‘बयान लम्विने संकेत देखिएकोक छ ।’ ति सदस्यका अनुसार राणालाई ४३ प्रश्न सोधिनेछ । बयानको सुरुवातमा राणाले महाभियोग सिफारिस समिति नै निष्कृय भएको भन्दै संसदमा मर्यादा पालन गर्नमात्रै आफू बयानमा उपस्थित भएको बताएका थिए ।

त्यसक्रममा उनले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली समेत पालना नगरेको टिप्पणी गरेका छन् । यसैबीच महाभियोग सिफारिस समितिका सदस्य तथा नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले समितिले राणामाथि गरिएका प्रश्नको जवाफ दिने क्रममा सीमा बाहिर गएर बोल्न खोजेको आरोप लगाएका छन् ।

समितिमा बयानका क्रममा आफ्नो प्रतिरक्षा गर्दै राणाले राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशहरूका कारणले आफूले एकमतले निर्णय गर्न नसकेको कुरा राखेका थिए । राणाले आफ्नो दोष अरूको टाउकोमा पन्छाउन खोजेपछि आफूहरूले संविधानको धारा १३६ का अनुसार न्यायपालिकामा भएका सबै निर्णयहरूको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेको विश्वकर्माले बताए । ‘जवाफमा राणाले मैले बोल्ने क्रममा मात्र त्यसो भनेको हुँ । म जिम्मेवारी लिन्छु भनेर भन्नुभयो,’ विश्वकर्माले राणाको भनाई उद्धृत गर्दै भने ।