रौतहट । रौतहटको गरुडामा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ ।
मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिए ।
मृत्यु हुनेमा सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन् ।