• जेष्ठ ३ २०८३, आईतवार

पुजारी बिबादले बन्द पशुपतिको पूर्वी ढोका १५ वर्षपछि दर्शनार्थीका लागि खुल्यो

भाद्र १४ २०७९, मंगलवार

काठमाडौं । पुजारी विवादका कारण १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथ मन्दिरको पूर्वी ढोका मंगलबार सर्वसाधरणका लागि खुल्ला भएको छ ।

पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालीन सरकारले पशुपतिनाथ मन्दिरमा भारतीय भट्ट (मूल पूजारी)को ठाउँमा नेपाली भट्ट (मूल पूजारी) नियुक्त गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पशुपतिको बाहिरी मूलढोका (पूर्वी ढोका)बाट दर्शनार्थीको प्रवेशमा रोक लगाइएको थियो।

पूर्वी ढोकाबाट समेत प्रवेश गर्न दिएर यसवर्ष तिजमा भक्तजनका लागि ४ वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरी पूर्वी ढोकाबाट प्रवेश गर्न मिल्ने बनाइएको हो ।