• बैशाख २६ २०८३, शनिबार

बेपत्ता तथा सत्य निरुपण विधेयक प्रतिनिधिसभाद्धारा स्वीकृत

भाद्र १३ २०७९, सोमबार

काठमाडौं। प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ स्वीकृत गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो ।

सोमबार बसेको पहिलो बैठक सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।

यसपछि सोमबार नै बसेको दोस्रो बैठकले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ ।