काठमाडौं । लायन्स र लिओ क्लव आफ काठमाडौं अग्रनीले विद्यालयमा विभिन्न स्टेशनरीका सामाग्रीहरू वितरण गरेको छ । उक्त क्लव अफ अग्रनीले नेपाल मैत्री गृह स्कुलमा विद्यार्थीका लागि आश्यवक पर्ने शैक्षिक सामाग्री वितरण गरेको हो ।
आज (सोमबार) लाइन्स र लिओ क्लव अफ अग्रनीले नेपाल मैत्री गृह स्कुललाई स्टेसनरी र खेलौनाका सामाग्रीहरू वितरण गरेको छ । उसले सो विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई स्टेसनरी र खेलौना वितरण गरेको लिओ क्लव अफ काठमाडौंका प्रेजिडन्ट् शिवकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै लाइन्स क्लव अफ काठमाडौं अग्रनीका प्रेजिडन्ट् डिबी आलेले आगामी दिनमा काठमाडौं र अन्य जिल्लाका विद्यालयहरूमा पनि यसरी नै सहयोग गर्दै जाने बताएका छन् । बैशाखमा स्थापना भएको यो क्लव विशेष गरी सेवा भावमा समर्पित भएको बताए । आगामी दिनमा पनि यसरी नै सेवा भावका साथ सहयोग गर्दै जाने आलेले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै अर्का प्रेजिडन्ट् घिमिरेले पनि क्लवमार्फत अगामी दिनमा सहयोग गदैृ जाने बताए । यो क्लव विशुद्ध सहयोगी संस्था पनि भएकोले नेपाल सरकार र दातृ निकायले सहयोग गर्न सक्ने बताएका छन् । सरकार र दातृ निकायबाट प्राप्त सहयोग दुरुपयोग नगर्ने समेत बताए ।
नेपाल मैत्री गृह स्कुलमा विद्यार्थीलाई स्टेसनरी र खेलौना वितरण कार्यक्रममा लायन्स र लिओ क्लव अफ काठमाडौं अग्रनीमा आवद्ध ३० भन्दा बढीको उपस्थिति थियो ।