• बैशाख २६ २०८३, शनिबार

प्रतिनिधि सभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

भाद्र १३ २०७९, सोमबार

काठमाडौं ।  संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री  गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।