• जेष्ठ ३ २०८३, आईतवार

काठमाडौं महानगरको प्रस्ताव : सबै वडामा फिजिसियन डाक्टर राखौं

भाद्र १३ २०७९, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको आठौं नगर बैठकले हरेक वडामा फिजिसियन डाक्टर राख्ने प्रस्ताव राखेको छ।

स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका सबै वडामा क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। यस्तै पहिले एमबिबिएस डाक्टर राख्ने योजना बनाए पनि अहिले फिजिसियन डाक्टर राख्दा उपयुक्त हुने भएकाले उक्त निर्णय गरेको महानगरका प्रमुख बालेन शाहले बताए।

यसका लागि करारमा ३२ जना फिजिसियन र नर्स राखिने बालेनले बताए। यस्तै स्वास्थ्यमा साना समस्या आउँदा नजिकैको स्वास्थ्य केन्द्रमा गएर परामर्श लिन सकिने उनले बताए।