काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन नदिने बताएका छन् ।
अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजनसम्बन्धी रोकथाम तथा कारबाहीको अभियानमा रहेका मेयर शाहले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अब कानून मिचिरहन नदिने बताएका हुन् । उनले आवश्यकता र औचित्यको आधारमा उचित समयमै कार्यकारिणी शक्तिको प्रयोग गर्ने पनि प्रस्ट पारेका छन् ।