• बैशाख २६ २०८३, शनिबार

ओलीले गरे सहकार्य र वामपन्थी एकताको आह्वान

भाद्र ११ २०७९, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो आह्वान गरेका हुन् ।

अध्यक्ष ओलीले तर त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् ।

उनले एकताको नाममा अल्मलिने भूलचाहिँ एमालेले नगर्ने प्रष्ट्याएका छन् । नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको बैठक सकिएको छ ।