• जेष्ठ ३ २०८३, आईतवार

प्रधानमन्त्री देउवाद्वारा अन्तर्राष्ट्रिय सम्बन्ध विषयक तीनदिने अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन

भाद्र ११ २०७९, शनिबार

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक तीनदिने अन्तर्राष्ट्रिय सेमिनार सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको छ ।

भदौ १०, ११ र १२ गते सम्म संचालन हुने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंकाे वालुवाटारमा रहेकाे एलिस रिसेप्सनमा ओैपचारिक रूपमा उद्घाटन भई भदौ ११ गतेदेखि तिलगंगामा रहेकाे नेपाल भारत मैत्रि पशुपति धर्मशालामा संचालन हुने कार्यक्रम संयाेजक विनय मिश्रले बताएका छन् ।

सेमिनारमा नेपाल र भारतका ८० जना अलग अलग क्षेत्रमा काम गरिरहेका र अन्तर्राष्ट्रिय सम्बन्ध र साेही विषय पढेका युवाहरूले अलग अलग विषयमा कार्यपत्र प्रस्तुतिगरी अन्तरक्रिया र संवाद गर्ने निर्देशक डा . दीपककुमार अधिकारीले बताएका छन् ।

कार्यक्रममा सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले नीति अनुसन्धान प्रतिष्ठानले नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्धकाे विषयमा युवाहरूकाे विचमा तीन दिन सम्म संचालन गर्न गइरहेकाे intenational realation : Nepal and world order सेमिनारकाे पूर्ण सफलताकाे शुभकामना व्यक्त गर्नुभएको थियोे । देउवाले “नीति अनुसन्धानले गरेकाे कार्यकाे प्रशंसा गर्दै आजकाे दिनमा यस्तो कार्यक्रमले अलग अलग देशका युवाहरूलाई जाेडने काम गरेकाे र यसले छिमेकी देशहरूसँग नेपालकाे सम्बन्ध सुधारमा अझ सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो “।

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक डा. दीपककुमार अधिकारीले ” कार्यक्रमकाे उदेश्य, तीनदिन सम्म संचालन हुने कार्यक्रमकाे विस्तृत स्वरूप साथ साथै नेपालले विश्वसँग कस्तो सम्बन्ध राख्ने, नेपालकाे विदेश नीति कस्तो हुने जस्तै राजनीतिक रूपमा कस्तो हुने, सांस्कृतिक रूपमा कस्तो हुने, आर्थिक रूपमा कस्तो हुने, वातावरण र पर्यावरणकाे विषयमा कस्तो रहने भन्ने विषयमा गहन चिन्तन र संवाद गर्नु पर्ने आवश्यक रहेकाे उल्लेख गर्नु भयो । उहाँले अलग अलग विषयहरू आर्थिक , सामाजिक , विश्वराजनीति, सांस्कृतिक , सुरक्षा चुनाैति आदिकाे बारेमा ४० बर्ष मुनिका युवाहरूकाे धारणा कस्तो छ भनेर बुझन र सुन्नु आवश्यक रहेकाेले साेही याेजना अनुसार विशेषगरी नेपाल र भारतमा अलग अलग विषयमा अलग अलग क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्धमा काम गरिरहेका र पढेर पासआउट भएका युवाहरूकाे विचमा तीन दिने सेमिनार संचालन गर्न गइरहेकाे प्रष्ट पार्नु भएको थियोे ।
त्यसैगरी नेपालका लागि अमेरिक कार्यवाहक राजदुत मार्क टेम्परले ” नेपालकाे अमेरिकीकाकाे सम्बन्ध पारस्परिक सुमधुर, साथै नेपलकाे एक असल मित्रकाे रूपमा सधैंव प्राे नेपालीकाे रूपमा सम्बन्ध बनाईरहन चाहेकाे विषय उल्लेख्य गर्नु भयो ,उहाँले अमेरिका सधैं नेपालकाे आर्थिक समृद्धि चाहेकाे र त्यसकाे लागि हातेमालाे गरेर अगाडि बढन चाहेकाे प्रष्ट पार्नु भयो ।

काठमाडौंकाे एलिस रिसेप्सनमा आयोजना गरिएको तीन दिने international relation : Nepal on the world order सेमिनाकाे उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्रि शेरबहादुर देउवा , विशिष्ट अतिथि परराष्ट्रमन्त्रि डा नारायण खडका, नेपालका लागि इजरायली राजदुत हनन गाेदार , नेपालका लागि अमेरिकीन कार्यवाहक राजदुत मार्क टेम्पर , नीती अनुसान्धान प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारी, कार्यक्रम संयाेजक डा विनय मिश्र लगायत, नेपाल सरकारका विभिन्न क्षेत्रमा कार्यरत अधिकारीहरू, प्रहरी प्रमुखहरू, सेनामा अधिकारीगण, विभिन्न सामाजिक संस्थाका प्रमुखहरू र समाजका प्राज्ञिक, विज्ञ र प्रतिष्ठित व्यत्तिहरूकाे विशेष उपस्थिति रहेकाे थियोे ।