काठमाडौं । सत्तारूढ गठबन्धनको कार्यदलको बैठक सकिएको छ । कार्यदलको बैठकले साझा अवधारणा बनाएर चुनावमा जाने भएको छ ।
बालुवाटारमा शुक्रबार बसेको कार्यदल बैठकले प्रदेश तहमा गठबन्धन दलहरूबिचको सिट बाँडफाँटमा विषयमा छलफल भएको हो । बैठकमा प्रदेश तहमा दलहरूले आ–आफ्नै दाबी गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्यदलले शीर्ष तहलाई प्रतिवेदन बुझाउने पनि बताए । देशलाई स्थिरता र समृद्धितर्फ लैजान पनि गठबन्धन बनेको भन्दै उनले साझा अवधारणा बनाएर चुनावमा जाने बताए ।