• जेष्ठ ३ २०८३, आईतवार

आईएमई पसलमा लुटपाट

भाद्र १० २०७९, शुक्रबार

सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा आज शुक्रबार बिहान करिब 10 बजेको समयमा डकैती भएको छ । नकाबधारी समूहले हतियार देखाई ८ लाखभन्दा बढी रकम लिएर फरार भएका छन् । घटनालगत्तै प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।

चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले गोडैता नगरपालिका वडा न ८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भयको हो । लुटेराको समूहले आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको प्रहरीले जनायको छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डित बताए ।

घटनाको जानकारी पाए लगत्तै त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायब उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानमा प्रहरी जुटेको बताए । उनले यस घटनामा सुक्ष्म तरिकाले अनुसन्धान सुरु भएको समेत जानकारी दिए ।