• बैशाख २६ २०८३, शनिबार

सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दै

भाद्र १० २०७९, शुक्रबार

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बिहीवार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेश गरेका छन् ।बिहीवार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेश गरेका छन् ।

सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिना देखि चल्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।