• बैशाख २६ २०८३, शनिबार

आजबाट एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै,अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्ने

भाद्र १० २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शुक्रबारबाट सुरु हुँदै छ । पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले  छलफल गर्नेछ ।

यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्ने लगायतका ११ एजेन्डा तय गरेको छ ।