• जेष्ठ ३ २०८३, आईतवार

आजको मौसम: यी प्रदेशका स्थानमा चट्याङसहित वर्षा

भाद्र १० २०७९, शुक्रबार

काठमाडौं ।  आज सातै प्रदेशहरूका केही स्थानमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सरको प्रभावले गण्डकी र लुम्बिनी, प्रदेश १ र  बागमती प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।